जुम्लामा स्वाब संकलन गर्न जनस्वास्थ्यको टोली गाउँमा

 सुर्खेत – पछिल्लो समयमा कोराना संक्रमितको संख्या बढिरहेको बेला जनस्वास्थ्य कार्यालय जुम्लाको टोली स्वाब संकलनका लागि हरेक स्थानीय तहमा पुगेको छ । जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटाको नेतृत्वको टोली स्वाब संकलनका लागि गाउँमा खटिएको हो । स्वाब संकलन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परिक्षणका लागि दिने गरिएको जनस्वास्थ्य अधिकृत सापकोटाले जानकारी दिए ।

तवीर सांकेतिक

जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एक चरणको स्वाब संकलन गरेर परिक्षण कार्य सकिएको उनको भनाई छ । जनस्वास्थ्य कार्यालयको टोलीले गुठिचौरको स्वाब ल्याएर प्रयोगशालालाई परिक्षणका लागि दिइएको छ । मंगलबार हिमा, सिँजा र तिलामा स्वाब संकलन गगर्ने कार्य भइरहेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए। जिल्लाको हिमा गाउँपालिकामा मात्र ६१ जनामा कोराना देखिएपछि कन्ट्रयाक ट्रेसिङको काम पनि भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जनसम्पर्क बढि हुने ठाउँमा पिसिआर परिक्षणका लागि स्वाब संकलन भइरहेको बताए । उनले भने,‘सडक संग जोडिएका बजार,गाउँबस्ती र बढि जमघट हुने स्थानका नागरिकको पहिलो चरणमा स्वाब संकलन हुनेछ । पिसिआर रिर्पोटका आधारमा थप स्वाब संकलनका लागि टोली परिचालन गरिनेछ ।

स्वाब संकलन जनस्वास्थ्य कार्यालयले गरेकोमा भिटिएम र किट कर्णाली प्रतिष्ठानले आफै बेहोरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दा निषेधाज्ञा जारी छ । सबै स्थानीय तहको बढि भिडभाड हुने स्थानका नागरिकको स्वाब संकलन गरेर पिसिआर रिर्पोटका आधारमा निषेधाज्ञा खोल्ने या अझै कडा बनाउने बारे निचोड निस्कने स्थानीय प्रशासनले जनाएको छ ।

कोराना संक्रमित बढ्न थालेपछि हरेक स्थानीय तहलाई न्युनतम ५० बेडको आइसोलेसन निर्माणका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लाले निर्देशन गरेको छ । साथै जनस्वास्थ्यको टिमलाई स्वाब संकलनमा सहयोग गर्न आग्रह गरिएको छ । जिल्लामा कोरोना संक्रमण अवस्थालाई हेर्दा केही समय अघि ग्रीन जोनमा थियो ।

तर पछिल्लो समयमा ढुक्क हुने स्थिति रहेन्, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ ८ वटै स्थानीय तहका अत्यधिक सम्पर्क विन्दु पहिचान गरि परीक्षण दायरा बढाउने क्रम शुरु भएकोछ । हिमा गाँउपालिकामा अप्रत्याशित रुपमा कोरोना संक्रमित देखिएका छन । अन्य पालिकामा परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयवाट स्वाब संकलन कार्य भइरहेको छ ।’

संक्रमित हरुलाई गाउँपालिकामा आईसोलेसन विस्तार गर्ने निर्णय डिसिसिएमसि वाट भई निर्णय कार्यान्वयनमा आएकोछ । पालिका स्तरमा रहेका आईसोलेसनमा स्वास्थ्यकर्मीहरू र सुरक्षाकर्मीहरु व्यवस्थापन गरि लक्षण देखिएका विरामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिने प्रवन्ध मिलाएको छ । विगतवाट पाठ सिक्दै जिल्लाकासबै नागरिक, स्थानीय तह र जिम्मेवार राजनीतिकदल र अन्य सबै सरोकारवालाहरुले जनस्वास्थ्य र सुरक्षाका मापदण्ड परिपालनामा सबै सचेत र सजग हुन सकेमा कोरोना विरूद्व लडाइँ जित्न सकिने बिज्ञहरु बताउछन् ।

हाल जिल्लामा ७२ जना राष्ट्र सेवक कर्मचारी र सर्वसाधारण नागरिकहरु लक्षणविहिन संक्रमित देखिएका छन् सबैको शिघ्र स्वास्थ लाभको कामना गर्दछु ।’ प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ कोराना संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीको पालना गर्न सुचित गरिएको छ ।

यहाँका एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा गरेर ८ सय क्वारेन्टिन छन् । हेल्थ डेस्क आठ वटा छन् । जसबाट हाल सम्म १२ हजार एक सय २९ जनाको स्वास्थ्य परिक्षण भइसकेको छ। जिल्लाभर ७२ जना संक्रमित आइसोलेसनमा छन् । ७६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ६ हजार ७ सय ३५ जनाको पिसिआर परिक्षण भएको छ ।