सुर्खेत – प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको अध्यक्षमा सल्यानका प्रतिक इच्छुक शर्मा निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको संगठनको दोस्रो भेलाले शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
वरिष्ठ उपाध्यक्ष रुकुमका गणेश कुमार शेर्पाली, उपाध्यक्ष खुल्लामा पूर्णप्रसाद चौलागाई जुम्ला, प्रमुख सचिव धर्मराज जिसी सुर्खेत, सचिव खुल्ला तिलकराज वली सल्यान, सचिव खुल्ला विवशकुमार सेजुवाल सुर्खेत, सचिव खुल्ला युद्धजित शर्मा जाजरकोट, सचिव खुल्ला अर्जुनप्रसाद भट्टराई कालिकोट, सचिव खुल्ला जनजाती उपेन्द्र न्यौपाने जुम्ला, सचिव महिला देवका लामिछाने जाजरकोट, सचिव दलित तिलसरा विक हुम्ला, कोषाध्यक्ष गोपाल रेग्मी रुकुम पश्चिम निर्वाचित भएको निर्वाचन समितिका सदस्य धुर्वविक्रम बुढाथोकीले बताएका छन ।
समावेशी उपाध्यक्ष पद रिक्त राखिएको बुढाथोकीले बताएका छन। उक्त प्रदेश कमिटीमा ४१ सदस्सीय निर्माण गरिएको जनाईएको छ ।