सुर्खेत – कर्णाली प्रदेशको अर्थमन्त्रीमा नियुक्त बिन्दमान बिष्टले शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारबाट मंगलबार कर्णालीको आर्थिक मामिला तथा योजना विकासमन्त्रीमा नियुक्त भएका बिष्टले शपथ लिएका हुन् ।
मंगलबार साँझ बिष्टले शपथ लिएपछि पदभार पनि ग्रहण गरेका छन् ।
मुख्यमन्त्री महेन्द्र शाहीको सरकार भएका बेला उनी आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।