कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा बिन्दमान विष्ट नियुक्त

सुर्खेत – कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा बिन्दमान विष्ट नियुक्त हुनु भएको छ ।

मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बिष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नु भएको हो ।
बिष्ट माओवादी केन्द्रकोतर्फबाट मन्त्रीमा नियुक्त हुनु भएको हो ।

मुख्यमन्त्री शाहीले यस अघि नेकपा –एकीकृत समाजबादी का चन्द्र बहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिसक्नु भएको छ ।