जन्ति बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बैतडी – बैतडीमा जन्ति बोकेको जिप दुर्घटना भएको छ ।
जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मृतक पाँच मध्ये तीन जनाको सनाखात भएको छ ।
दुर्घटनामा सात जनाको हाताहाती भएको यातायात व्यवसायि त्रिलोचन थापाले बताउनुभयो । थापाले भन्नुभयो, रातिको समय भएकोले उद्धार गर्न कठिनाई भईरहेको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।”
आईतबार बेलुकी ८ः १५ बजे दशरथचन्द नगरपालिका–४,कलुवाडको मोडमा दुर्घटनामा परेको म १ ज ३१० नम्बरको जिपमा सवार चार जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको जिप दशरथचन्द नगरपालिका–२ देहिमाण्डौको थलाल गाउँबाट जन्ती बोकेर दशरथ चन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो ।
घटनाको थप विवरण आउँन बाँकी रहको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *