भुपेन्द्रको हत्यामा संलग्न फरार मदन शाही इटहरीबाट पक्राउ

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्या प्रकरणमा फरार रहेका प्रहरी इन्स्पेक्टरका भाइ मदन शाही पक्राउ परेका छन् ।

उनी इटहरीबाट पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । उनलाई केही बेरमा सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी जनाएको छ ।

गएको साता टीकापुरामा भुपेन्द्रको हत्या भएको थियो । होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ ।