काे हुन् कांग्रेसकी कान्छी महाधिवेशन प्रतिनिधि

तस्बिर स्रोत: पूजा फुयालको फेसबुकबाट

काठमाडौं – सोलुखुम्बुकी २१ वर्षीया पूजा फुँयाल नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । शनिबार सम्पन्न अधिवेशनमा खसआर्य महिलातर्फ टंकीमाया बस्नेतसँग समान ४ सय ३ मत ल्याएपछि गोलाप्रथाबाट फुँयाल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाबाट कान्छी क्षेत्रीय प्रतिनिधि बनेकी फुँयाल हालसम्म निर्वाचितमध्ये कान्छी महाधिवेशन प्रतिनिधि हुन् । सानोठिमी क्याम्पस भक्तपुरकि स्ववियु सदस्यसमेत रहेकी फुयाँलले महाधिवेशन प्रतिनिधि निर्वाचित हुन पाउँदा गर्व महसुस गरेको बताइन् ।

कांग्रेसलाई आफूजस्तै युवाहरुको आकर्षणको केन्द्र बनाउन सकेको योगदान गर्ने फुँयालको भनाई छ । ‘कांग्रेस युवाहरुको पनि पार्टी हो । युवाहरुको भविष्य कांग्रेसमै छ भन्ने स्थापित गर्नेगरी सक्रिय रहन्छु,’ उनले भनिन् । नेपाल प्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *