ठाँटीमा जारी भलिवल प्रतियोगितामा यी चार टोली प्रवेश गरे सेमीफाइन

सुर्खेत –  हिजो (शनिबार) देखि सुर्खेतको मटेला ठाँटीमा जारी अन्तरपालिका स्तरीय पूरुष भलिवल प्रतियोगिताको क्वाटर फाइनल चरणको खेल सकिएको छ ।

आज (आइतबार) भएको क्वाटर फाइनल खेलबाट आयोजक चिंगाड गाउँपालिका, वीरेन्द्रनगर, लेकवेशी र अवल्चिंग सेमी फाइनल चरणमा प्रवेश गरेका छन् ।

आयोजकले सिम्ता गाउँपालिकालाई, अवल्चिंगले रानीवासलाई, वीरेन्द्रनगरले मटेला ब्वाइजलाई र लेकवेशीले शिवालय गाउँपालिकालाई हराउँदै सेमीफाइनलको यात्रा तय गरेका हुन् । भोली (सोमबार) पहिलो खेलमा आयोजक र अवल्चिंग, दोस्रोमा वीरेन्द्रनगर र लेकवेशी भिड्ने छन् ।

सेमीफाइनल खेलमा जित्ने दुई टोलीले फाइनलमा प्रथम र द्धितीयका लागि र पराजित दुई टोलीले तृतीय र सान्तोना स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता भोली समापन हुने आयोजक ठाँटी बजार व्यवस्थापन समितिका अध्यक्ष महेश जिसीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार द्वितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार ३० हजार रहेको छ ।

#onlinejagaran

Leave a Reply

Your email address will not be published. Required fields are marked *