तीज गीत ‘जोर मादल’ सार्वजनिक

काठमाडौं – महिलाहरुको महान पर्व तीज नजिककिदै गर्दा बिभिन्न तीज गीतहरू बजारमा भित्रिरहेका छन् । यस्तैमा गायिका शर्मिला श्रेष्ठले पनि तीज गीत ‘जोर मादल’ ल्याएकी छन् । गायिका श्रेष्ठकै शब्द र पम्फा थापाको लय रहेको गीतको एरेन्ज दिनेश थापाले गरेका छन् ।

 

तीजमा माइतबाट लिन भाई आएको, श्रीमान्सँग माइत जान बिदा मागेको र तीजमा रमाइलो गरेको प्रसंग समेटिएको गीतको आकर्षक भिडियो पनि बनेको छ ।
निरेन श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा रामकृष्ण चौलागाईको छायाँकन, रोशन धितालको सम्पादन रहेको छ । गीतको भिडियोमा आरुषी मगर, राम थापा, कल्याण श्रेष्ठ, लक्ष्मण मल्ल र भूमिकला ढकाल लगायतको अभिनय र नृत्य देख्न सकिन्छ ।