रुकुममा घर भत्किँदा बालिकाको मृत्यु

रुकुम – रुकुम पश्चिममा वर्षाले घर भत्किँदा एक बालिकको मृत्यु भएको छ । जिल्लाको आठबीसकोट नगरपालिकामा–७, डाँफे ज्यामिरेमा स्थानीय डण्डे कामीको ९ वर्षिया छोरी लालमती कामीको आज घर भत्किएर च्यापिँदा मृत्यु भएको हो ।

सुतिरहेको अवस्थामा घर भत्किएको र च्यापिएर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय राडीका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए । उनका अनुसार अन्य ३ जना भने ज्यान जोगाउन सफल भएका छन् ।

बालिकाको शव पोष्टमार्टमका लागि नगर अस्पताल राडीमा ल्याइएको प्रहरीले जनाएको छ । पहिरोले ८ लाख रूपैयाँ बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ ।