प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ।
प्रधानमन्त्री देउवा र गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नवगठित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भइरहेको हो।
प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न उनको सरकारी निवास ९बालुवाटार० पुगेका हुन्।
शीर्ष नेताहरूबीच मन्त्रिपरिषद् विस्तारसँगै समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ। नेता नेपालले बुधबार मात्र निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्।