मुम्बई प्रहरीको अपराध शाखाले पोनोग्राफी प्रकरणलाई लिएर विभिन्न कोणबाट छानबिन गरिरहेको छ । यस प्रकरणमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा मुछिएका छन् ।
उनी प्रहरी हिरासतमा छन् । यसैबीच, अभिनेत्री शर्लिन चोपडालाई पनि सूचना पठाएको छ । शर्लिनलाई आज अगस्ट ६ मा मुम्बई प्रहरीको अपराध शाखाका उपस्थित हुन सूचना जारी गरेको हो ।
शर्लिनले राज कुन्द्रामाथि अश्लिल फिल्मको व्यवसायमा आफूलाई धकेलेको आरोप लगाएकी छन् । शर्लिनका अनुसार राजले उनलाई ‘एडल्ट कन्टेन्ट’ मा काम गर्न बाध्य पारेका थिए । उनले राजले सुरुमा एउटा भूमिकाका लागि अफर गरेका थिए पनि एडल्ट कन्टेन्ट बनाउन बाध्य पारे ।
राजले उनलाई हटशट एपका लागि सुट गर्न भनेका थिए । तर, शर्लिनले उक्त आग्रहलाई इन्कार गरेको बताउँदै आएकी छन् ।