काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरिएको छ। नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि मिति २०७८/५/२४ गतेबाट अवकाश पाउँदै छन्।
ज्येष्ठता क्रममा रहेका व्य.नं १३५३ बलाधिकृत रथी शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार मन्त्रिपरिषद्ले सिफारिस गरिएको हो। कायम मुकायम प्रधान सेनापति शर्माले २६ गतेदेखि लागू हुनेगरी पदभार समाल्नेछन्।
‘नेपाली सेनाका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि मिति २०७८/५/२४ गतेबाट समाप्त हुने भई अनिवार्य अवकाश पाउने र २०७८/४/२५ गतेबाट घरबिदामा बस्नु हुने भएकाले हाल ज्येष्ठताका क्रममा रहेका ब्य. नं. १३५३ बालाधिकृत रथी श्री पर्शुराम शर्मालाई सैनिक ऐन,२०६३ को दफा (३) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/४/१२ गतेको निर्णयबाट सिफारिस भएबमोजिम मिति २०७८/४/२६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नु भएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।