देउवालाई संविधानै उल्लेख नगरी प्रधानमन्त्रीमा नियुक्ति, शपथ नलिन कानूनविदको सुझाव

काठमाडौ – कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नै उल्लेख नगरेको भन्दै कानुनविद्हरुले आपत्ति जनाएका छन् ।

मंगलबार अपराह्न राष्ट्रपति कार्यालयले देउवालाई ‘सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको’ विज्ञप्ति जारी गरेको छ ।

राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गर्न नहुने कानुनुविदले बताएका छन । संविधानको धारा उल्लेख नगरी गरिएको नियुक्तिमा शपथ नलिन देउवालाई कानुनविदको सुझाव छ ।

यस्तै वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेर पछि खेल्ने ठाउँ राखेको हुन सक्ने बताउनुभएको छ।

दाहालले भन्नुभयो यो केपी ओली र राष्ट्रपति बिद्या भण्डारीको कटपपूर्ण क्रियाकलापको निरन्तरता हो । आजै ओलीको कपटपूर्ण भाषण आउनु र राष्ट्रपति कार्यालयबाट त्यस्तो विज्ञप्ति आउनु अर्थपूर्ण छ । त्यो नियुक्ति नसच्याइकन देउवाजीले शपथ ग्रहण नगर्दा उपयुक्त हुन्छ ।’

सर्वोच्च अदालतले आफ्नो आदेशमा संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएकाले परमादेशका आधारमा नभई धारा ७६ ५ अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिनुपर्ने दाहालले बताउनुभयो ।