नेपाललाई जापानले १६ लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं – नेपाललाई जापान सरकारले १६ लाख डोज अस्ट्राजेनेका खोप दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीबाट मुक्त हुनु अघि देशवासीका नाममा सम्बोधन गर्नु हुँदै जापानले उक्त खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएको छ ।
नेपालस्थित जापानी दूतावासद्वार विज्ञप्ति मर्फत सो कुराको जानकारी गराइएको हो ।

खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउनेछन् ।