जसपा ४्५ दिनपछि सरकारमा जाने

काठमाडौं – जसपा केही दिनपछि मात्रै सरकारमा सहभागी हुने भएको छ।

जसपा कार्यकारिणी समितिको आज बसेको बैठकले केही दिनपछि मात्रै सरकारमा जाने निर्णय गरेको हो।

जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईका अनुसार आफ्नो पार्टी ४्५ दिनपछि मात्रै सरकारमा सहभागी हुने बताईएको छ ।

पार्टीभित्रको सबैखाले सन्तुलन मिलाएरमात्रै सरकारमा जानुपर्ने भएकाले जसपाले केही समयपछि मात्रै सरकारमा जाने निर्णय गरेको बताइएको छ।

जसपा विवादको विषय निर्वाचन आयोगमा पुगेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुवैले आफ्नो समूहलाई आधिकारिकताको दाबी गरेका छन्।