देउवाले प्रधानमन्त्री पदको शपथ नलिने ,नियुक्ति सच्याउनुपर्ने अडान

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेको भन्दै प्रधानमन्त्री पदको शपथ नलिने बताउनुभएको छ।

मंगलबार साँझ ६ बजे शपथको तयारी भए पनि राष्ट्रपति कार्यालय पुगेका छैनन् । देउवाले राष्ट्रपतिले नियुक्ति सच्याएर संविधानको धारा ७६ ५ अनुसार उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ ।