काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खानुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाइ शपथ खुवाउनुभएको हो।
शपथ खाए संगैं देउवाले सानो आकारको मन्त्रिमण्डल गठन गर्नुभएको छ । यस्तै देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ सपथ खुवाउनुभएको हो ।
नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन् ।