बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री बन्ने


काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण लाइ गृहमन्त्री र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री बनाउने कांग्रेसले तयारी गरेको छ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग सपथ खान कांग्रेसबाट २ जना मन्त्री बनाउन लाग्नुभएको छ ।

यस्तै आज देउवाले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थ र नेता पम्फा भुसाललाई ऊर्जा मन्त्री बनाउन लागेको स्रोतको दाबी छ।

नेकपा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन्। शर्मा अर्थ र भुसाल उर्जा मन्त्री बन्न लागेका हुन्।