ओलीले बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल नजाने

 

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ५ बजे बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल नजाने भएका छन्।

आइतबार एमाले कार्यदलले सहमति गरेसँगै नेपाल पक्ष पनि बैठकमा सहभागी हुने बताइएको थियो।

यस्तै स्थायी कमिटी सदस्य एवम् कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले आफूहरू स्थायी कमिटी बैठकमा जाने बताएका थिए।

आइतबार भएको सहमतिबाट वरिष्ठ नेता नेपाल भने असन्तुष्ट बनेका थिए।