विपक्षी गठबन्धनको बैठक माधव नेपाल निवासमा बस्दै

काठमाडौं – विपक्षी गठबन्धनको बैठक आज साँझ ५ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बस्ने भएको छ ।

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशसँगै विपक्षी गठबन्धनको बैठक बस्ने भएको हो
यस्तै नेपाली काँग्रेस पनि आन्तरिक छलफलमा जुटेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा पार्टीका नेताहरु छलफलमा छन् ।

अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने फैसला सुनाएको छ ।