सर्वोच्चको फैसलालाई जित – हारको रूपमा नलिन कांग्रेस सभापति देउवाको आग्रह

 काठमाडौं –  सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएको विषयलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित र हारका रूपमा नलिन आग्रह गर्नुभएको छ ।

आज अपरान्ह देउवाले विज्ञप्ति निकालेर यसलाई जित हारको रूपमा नलिन भन्नुभएको हो ।

देउवाले विज्ञप्तिमा भन्नुभएको छ ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ। कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु,।’