सर्वोच्चको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतैबाट नहोस ,नत्र भिरबाट खस्नेलाई रामराम : गगन थापा

काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्स्थापना गरेसँगै नेपाली कांग्रेसका नेता गगन थापाले अदालतको आदेशलाई उत्तेजना, दम्भ र अहंकार बोकेर कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता काम  कसैलाइ नर्गन आह्वान गर्नुभएको छ

उहाँले भन्नुभएको छ प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ। अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन, उ उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम।