२४ घण्टामा थप एक हजार ४७९ जनामा कोरोना  सङ्क्रमण,३० जनाको मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप एक हजार ४७९ जनामा कोरोना  सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको छ हजार ६५७ जनामा आरटी पिसिआर परीक्षण र चार हजार ६५६ जनामा एन्टिजेन परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या छ लाख १६ हजार ९२९ जना पुगेको छ । नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या नौ हजार ३४० पुगेको छ ।

२४ घण्टामा थप एक हजार ३१६ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।