युरोकपले बढायो कोरोनाको खतरा, युरोपका थुप्रै देशमा भेटियो डेल्टा भेरियन्टको संक्रमण

एजेन्सी – यूरो २०२० जतिजति समापनतर्फ अघि बढिरहेको छ, खेल हेर्ने प्रशंसकको भीड पनि त्यति नै बढ्दो छ । यस्तोमा कोरोना संक्रमणको विषयमा चिन्ता निकै बढेको छ । ७ जुलाईमा वेम्बली स्टेडियम ९लण्डन० मा खेलिएको खेलमा इंगल्याण्डले डेनमार्कलाई २–१ ले हरायो । त्यसपछि स्टेडियममा कोरोनाको गाइडलाइनको धज्जी उडेको देखियो । यूरोपका थुप्रै देशमा डेल्ट भेरियन्टका संक्रमित बढिरहेको छ ।

९० हजार दर्शकको क्षमता भएको वेम्बली स्टेडियममा कोरोना प्रतिबन्धका कारण ६० हजार दर्शकलाई पनि अनुमति दिइएको थियो ता कि सामाजिक दुरीको पालना गर्न सकियोस् । इंगल्याण्डले डेनमार्कविरुद्ध जीत हासिल गरेर सेमिफाइनलमा स्थान बनाउने बित्तिकै दर्शकले धमाधम टिकट खरिद गर्न सुरु गरे ।

कतिले महँगो टिकट खरिद गर्न सकेनन् तर लण्डनको सडकमा भीड जम्मा गरेर उत्सव मनाउन लागे । यतिबेला केही मानिसहरुले न त मास्क लगाएका थिए न सामाजिक दुरीलाई ध्यानमा राखेका थिए ।

डेनमार्कका अधिकारीले कोपेनहेगनमा बेल्जियमविरुद्धको खेलमा तीन प्रशंसक डेल्टा भेरियन्टद्वारा संक्रमित पाइएका थिए जसका कारण ४ हजार प्रशंसकलाई परीक्षण गर्न आग्रह गरिएको थियो । यसबाहेक फिनल्याण्डको स्वास्थ्य अधिकारीले करिब सय जनामा संक्रमण भेटे जो सेन्ट पिटर्सबर्गमा रुसविरुद्ध आफ्नो टिमलाई समार्थन गर्न पुगेका थिए ।

महामारी विशेषज्ञ एन्टोइन फ्लाहल्टले यसमाथि चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘यूरो कपमार्फत् हामी पूरा युरोपमा डेल्टा भेरियन्ट फैलाउन काम गरिरहेका छौं । रुसमा कोरोनाका बढ्दो संक्रमितको संख्या र मृत्युबीच सेन्ट पीटर्सबर्गमा क्वार्टरफाइनल प्रतिस्पर्धा गराइयो । अब दुबै सेमिफाइनल्सजस्तै फाइनल प्रतिस्पर्धा पनि लण्डनमा नै खेलिनेछ जहाँ करिब ६० हजार मानिस सँगै बसेर खेल हेर्नेछन् । ’

यस्तै, जेनेभा युनिभर्सिटीमा इन्स्टिच्युट अफ ग्लोबल हेल्थका निर्देशक फ्लाहल्टले भने, ‘यी सबै प्रतिस्पर्धालाई कोरोनाको कम प्रभावित शहरमा आयोजना गर्नुपर्ने थियो । यसले कोरोनाको संक्रमण कम हुन्थ्यो ।’

युरोपमा डब्ल्यूएचओकी सिनियर इमर्जेन्सी अफिसर क्याथरिन स्मलवुडले यो विषयमा प्रश्न पनि उठाएकी छिन् । उनले मानिसहरु स्टेडियममा कसरी पुगिरहेका छन् भनेर प्रश्न पनि गरिन् । उनले भनिन्, ‘के उनीहरु खचाखच भरिएको बसमा यात्रा गरिरहेका छन् रु के यतिबेला कोभिडसँग जोडिएको गाइडलाइन्सको पालना पनि गरिँदै छ रु किनभने यसकारण कोरोनाको तीब्र रुपमा सर्ने गर्छ । ’