सुर्खेत – पछिल्लो २४ घण्टामा कर्णाली प्रदेश मा ३७ जना कोरोना संक्रमित थपिएका छन ।
२६९ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
सोहि अवधिमा थप २६४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । यौ संगै कर्णाली प्रदेशमा हालसम्म २३ हजार ९५१ जनाले कोरोनालाइ जितेका छन ।
प्रदेशभर सक्रिय संक्रमितको संख्या भने १ हजार ८४८ रहेको छ ।
यस्तै कर्णालीमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या जम्मा ३९९ पुगेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । मृत्यु हुनेमा एकजना सुर्खेत र एक जना दैलेखको रहेका छन् ।
यस्तै ,पछिल्लो २४ घण्टामा देशभर थप २४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ।
१० हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा २४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना बाट ५१ जनाको मृत्यु भएको छ ।
यस्तै बितेको २४ घण्टामा ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् ।