सुर्खेत – कालिकोटमा भोलि असार ७ गते राति १२ बजेदेखि असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
गत बैशाख १० गतेदेखि थपिएको निषेधाज्ञाको अवधि मंगलबार ७ असार भोलि रातिबाट सकिँदै छ ।प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार निषेधाज्ञा लम्बिएपनि सबै सरकारी तथा गैरसरकारी निकायका आवश्यक सेवाहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ने छन । यस्तै बैंक बिक्तिय संस्थाहरु बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म खुल्ला रहने अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभएको छ।