उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरी आवश्यक निर्णय लिनुपर्ने भन्दै बुधबारका लागि बैठक बोलाइएको उपेन्द्र यादवले जानकारी दिए ।

पार्टीको विवाद बारेमा निर्वाचन आयोगले दिएको निर्णयप्रति यादव पक्ष असन्तुष्ट छ । पार्टीको आधिकारिकताका लागि पुनः निर्वाचन आयोग जाने कि सर्वोच्चमा मुद्दा दायर गर्ने भन्ने लगायतको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

यादवले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सहभागी भएका मन्त्रीहरुलाई पनि स्पष्टिकरण सोधिसकेका छन् ।