कर्णालीको बजेट ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको

सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउने क्रममा आज आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले झण्डै ३६ अर्ब बढीको बजेट रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो।

 

योमध्य पूजिगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तियतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रहेको छ ।