काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ होम क्वारेन्टाइनमा बसेका छन् । उनि आजको मन्त्रिपरिषद बैठकमा सहभागी भएनन् । मन्त्रालयका एक उच्च अधिकारीमा कोरोना पोजिटिभ देखिएपछि मन्त्री नेम्बाङ होम क्वारेन्टाइनमा बसेकाे उनको सचिवालयले जनाएको छ ।
मन्त्रालयका उच्च अधिकारीमा गत बुधबार कोरोना पोजिटिभ देखिएको थियो । आज शुक्रबार मन्त्री नेम्बाङसहित मन्त्रालयका अधिकारी, सचिवालयका सदस्य, सुरक्षाकर्मी तथा कर्मचारीको पीसीआर टेष्टका लागि स्वाब सङ्कलन गरिएको मन्त्रीका सञ्चार विज्ञ सन्दिप राईले जानकारी दिए ।
मन्त्री नेम्बाङको स्वाब मन्त्री क्वार्टरमा सङ्कलन गरिए पनि अन्य कर्मचारी तथा सचिवालयका सदस्यहरूको स्वाब सङ्कलन मन्त्रालयमा भएको राईले जानकारी दिनुभयो । मन्त्रालयका केही उच्च अधिकारीले गत सोमबार परीक्षणका लागि स्वाब दिएका थिए । सङ्क्रमित उच्च अधिकारी एक निजी अस्पतालमा उपचारत रहेकाे बताइएको छ । (गोरखापत्र)