पद प्राप्ति मात्रै ठूलो कुरा हाेइन :महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका ओलि पक्षका नेता महेश बस्नेतले राजनीति जीवनमा पद प्राप्ति मात्रै ठूलो कुरा नभएको बताउनुभएको छ ।

बस्नेतलाइ गृहमन्त्रीको चर्चा भइरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दैगर्दा नाम नपरेपछि उहाँले यस्तो बताउनुभएको हो ।

बस्नेतले सामाजिक संजाल फेसबुकमा लेख्नुभएको छ ‘मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो विषय कहिले बनेन्। पार्टी नीति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु।
मेरो नाम जोडेर म आक्रोसमा छु। गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। तेस्तो भ्रममा कोही नपरौ म जहाँछु तेही रहनेछु र म जे छु तेही छु पद नपाउदा बिचलनमा आउने मेरो कुनै अबसर्बादी चरित्र छैन र हुने पनि छैनु ,म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु। मेरो राजनैतिक जीवनमा महिले विकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टि हुनेनैछ। पटकपटक अग्निपरीक्षामा होमिन तयार छु।

उहाँले आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कार्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको दाबी गर्नुभएको छ । पटक पटकको मन्त्री मण्डलको पुनर्गठनका बेलामा आफ्नो नाम चर्चा हुने गरेको समेत बताउनुभएको छ

यस्तै मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ। हो , मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् । मेरा बिरोधि साथीहरुलाइ म झन धेरै धन्यवाद दिन चहान्छु। जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि !!उहाँले लेख्नुभएको छ ।