देशभर तीन हजार ७ सय ४९ जनामा कोरोना संक्रमण,मृत्यु हुनेको संख्या ८ हजार दुई सय ३६ पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार १५ हजार दुई सय ३८ जनामा कोरोना परीक्षण गरिएकोमा तीन हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार दुई सय ३६ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर पाँच हजार दुई सय ९३ जना कोरोनामुक्त भएका छन्।