गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत प्राप्त गर्न असफल

गण्डकी प्रदेश – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ ।

प्रदेशसभामा गुरुङलाइ प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको हो ।

६० जना साँसद रहेको प्रदेश सभा सदस्यमध्ये सभामुखबाहेक ५७ सांसद मतदानमा सहभागी भएका थिए।

गुरुङ विश्वासको मत प्राप्त गर्न नसके पछि संविधान बमोजिम स्वतः पदमुक्त हुनभएको छ।

अब प्रदेश प्रमुखले धारा १६८ ५ अनुसार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
सरकार बनाउनका लागि बहुमत ३१ सांसदको समर्थन चाहिन्छ ।
प्रदेश सभामा कूल ६० जना सांसद छन्।

प्रदेश सभामा एमालेका २७ सांसद छन् । कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जनता समाजवादी पार्टी जसपाका २, राष्ट्रिय जनमोर्चाका ३ र दीपक मनाङ्गे स्वतन्त्र सांसद छन्।