बँदेललाई थापेको पासोमा परी ५४ वर्षीय पुरुषको मृत्यु

उदयपुर – जंगली बँदेललाई थापेको विद्युतीय धरापमा पर्दा उदयपुरका ५४ वर्षीय जगदिश पोखरेलको मृत्यु गएको छ ।

खेतबारीको मकै जंगली बँदेलले धमाधम नष्ट गर्न थालेपछि बँदेल तर्साउन थापेको विद्युतीय धरापमा परी बिहीबार उदयपुरको त्रियुगा नगरपालिका ९ का ५४ वर्षीय जगदिश पोखरेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमका अनुसार बुधबार राति आफ्नै मकैबारीमा विच्छ्याएको विद्युतीय धराप बिहान निकाल्न जाँदा करेन्ट लागि घाइते भएका पोखरेलको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारि दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *