अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

झापा – नौ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा झापा गाउँपालिका- १ लसुनगंज बस्ने २० वर्षीय पंकज यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने उजुरीका आधा।मा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।