मिडियासँग बोल्न नमानेको भन्दै विश्व नम्बर २ खेलाडीलाई प्रतियोगिताबाट निष्कासन गर्ने चेतावनी

काठमाडौं – विश्व वरियतामा दोस्रो स्थानमा रहेकी टेनिस खेलाडी नाओमी ओसाका फ्रेन्च ओपन तथा भविष्यमा हुने ग्रान्ड स्लाम प्रतियोगिताबाट निष्कासित हुने खतरा बढेको छ । मिडियासँग बोल्न नमानेको कारण उनलाई कारवाही गर्न लागिएको आयोजनले जनाएका छन् ।

जापानी खेलाडीले गत हप्ता आफ्नो मानसिक स्वास्थ्यको कारण देखाउँदै कुनै पनि पत्रकार सम्मेलनमा भाग नलिने बताएकी थिइन् । आइतबार रोमानियाको प्याट्रिसिया मारिया टिगविरुद्ध पहिलो राउन्डमा ६–४, ७–६ ९७–४० को जीत हासिल गरेपछि मिडियासँग बोल्न नमानेको भन्दै उनलाई १५ हजार डलर जरिवाना गरिएको थियो ।

त्यसपछि चारवटा ग्रान्ड स्लामका आयोजकहरुले संयुक्त वक्तव्य निकाल्दै ओसाकामाथि थप जरिवानाको साथै भविष्यमा हुने प्रतियोगिताबाट निष्कासन गरिने बताए ।

आइतबार ट्वीट गर्दै ओसाकाले मानिसहरुलाई ‘परिवर्तनले असहज’ भएको प्रतिक्रिया दिएकी छिन्।