सरकारले चर्तिकला देखाउँदै जान्छ :एमालेका नेता घनश्याम भुसाल

काठमाडौं – नेकपा एमालेका नेता घनश्याम भुसालले सरकारले नागरिकमा भ्रम छरेर समाजमा नक्कली वैधता सिर्जना गर्न प्रयत्न गरिरहेको आरोप लगाउनुभएको छ।

नेपाल पक्षका ११ जना सांसदलाई एमालेको संस्थापन पक्षले स्पष्टिकरण सोधेपछि नेता भुसालले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्नुभएको हो।

त्यस्तै नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गरिरहेको पनि भुसालले बताउनुभएको छ ।

तर परिणाम भने विपरित हुने र सरकारले चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जाने पनि भुषालको टिप्पणी छ

उहाँले लख्नुभएको छ सामाजिक सञ्जाल फेसबुकमा , सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दाम, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ। यसबारे माक्स निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो। अथवा यसरी भनौँ – राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो।’