पूर्वराज्यमन्त्री घिमिरेको कोरोना संक्रमणबाट निधन

काठमाडौं – पूर्वराज्यमन्त्री राधाप्रसाद घिमिरेको निधन भएको छ । कोरोना संक्रमित भएका पूर्वराज्यमन्त्री घिमिरेको शनिवार राति ९१ वर्षको उमेरमा निधन भएको हो ।

विराटनगर महानगरपालिका–२ घर भएका घिमिरेको स्वास्थ्यमा समस्या आएपछि नोबेल शिक्षण अस्पताल लैजाने क्रममा निधन भउको जनाइएको छ । उनलाई केही दिनअघिदेखि श्वास फेर्न गाह्रो भएको थियो ।

उनले पञ्चायत कालमा नौवटा मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनलाई २०३२ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले पहिलो पटक सूचना तथा सञ्चार राज्यमन्त्री बनाएका थिए ।

#canadanepal