प्रतिगमन २ को डटेर प्रतिवाद गरौं : एमालेका वरिष्ठ नेता नेपाल


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह गर्नूभएको छ ।

शनिवार बिहान सामाजिस सञ्जाल फेसबुकमा लेख्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताउनुभएको छ।

संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको नेता नेपालको भनाई छ ।

उहाँले भन्नुभएको छ –‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भत्र्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’