सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अध्यारो सुरुङमा हाले: कांग्रेस नेता गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको भन्दै महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिने वाला नभएको बताउनुभएको छ ।

‘शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेता थापाले भन्नुभएको छ नेतागण नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं’, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद  विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ ३ को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ ५ को आव्हान, अनुकुल नभएपछि फेरि विघटन१ कस्तो सेटिङ१ प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो र लिए!’