युद्धविराम भएलगत्तै दातृ निकायहरुको सहायता सुरू, आफ्नो जीत भएको दुवै पक्षको दावी

एजेन्सी – इजरायल र प्यालेस्टाइले युद्धविराम गरेसँगै मानवीय सहयोग पुग्न थालेका छन् ।

युद्धविराम भएलगत्तै संयुक्त राष्ट्रसंघीय सहायता निकायहरुलगायत विभिन्न दातृ संस्थाहरुले सहायता सामग्री पु¥याउन थालेका हुन् ।

११ दिनसम्म चलेको लडाइँपछि युद्धविराम हुँदा प्यालेस्टाइनहरु घर फर्किएका थिए । द्वन्द्वका क्रममा १० लाख भन्दा बढी सर्वसाधारण विस्थापित भएका थिए । सो द्वन्द्वका क्रममा कयौं संरचनाहरु ध्वस्त हुनुका साथै मानवीय क्षतिहरु भएका छन् ।

जेरुसेलममा रहेको अल अक्का मस्जिदको स्वामित्व विवाद बढेसँगै इजरायली र प्यालेस्टाइनहरुबीच विवाद बढेको थियो । द्वन्द्वमा २५० भन्दा बढीको मृत्युले आफ्नो जीत भएको दुवै पक्षले दावी गरेका छन् ।

सन् २०१४ यता भएको ठूलो हिंसापछि आफूहरुको जीत भएको उनीहरुको प्रतिक्रिया छ । दुई हप्ता चलेको युद्धका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि वर्षौं लाग्ने विभिन्न दातृ निकायहरुले बताएका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीका मध्यपूर्व निर्देशक फेब्रिजियो कार्बोनीले दुई हप्तामा भएको क्षतिको पुनर्निर्माणका लागि वर्षौं समय लाग्ने बताएका छन् ।

मे १० देखि सुरु भएको विवादका क्रममा रकेट आक्रमण र हवाइ हमला गरिएका थिए । सोही क्रममा सर्वसाधारणका आवास तथा विभिन्न भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् ।

यसैबीच युद्धविराम भएलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको क्षतिग्रस्त संरचना पुननिर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिक्रिया दिएका थिए ।