काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज विहान साढे ९ बजे आफ्नो निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि काँग्रेसको आकस्मिक बैठक बस्न लागेको हो ।
काँग्रेस नेताहरुले उक्त निर्णयको चर्को विरोध गरेका छन् ।
देउवाले पार्टीका नेताहरुसँग बैठकपछि विपक्षी दलका नेतासँग पनि आफै छलफल गर्न बुझिएको छ ।