खनाल- नेपाल समूहलाई  नेकपा एमालेले कारबाही गर्ने

काठमाडौं –  खनाल- नेपाल समूहलाई  नेकपा एमालेले कारबाही गर्ने तयारी गरेको छ ।

प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा  खनाल-नेपाल समूहकै कारण भएको  भन्दै माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता एप्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ।

उहाँले त्यसबारे छलफलका लागि आज औपचारिक र अनौपचारिक छलफलहरु हुने जानकारी दिनुभयो ।

संविधानको धारा ७६ को उपधारा ५ मा प्रधानमन्त्री दाबी गर्ने क्रममा खनाल- नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।