देशभरिका नेता कार्यकर्तासँग छलफल गरेर एउटा निश्कर्षमा पुग्छौं :एमालेका नेता घनश्याम भुसाल

काठमाडौं – नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले पार्टीपंक्ति प्रतिनिधि सभा विघटनको पक्षमा नरहेको र पार्टी एकतावद्ध गर्ने प्रयास भइरहेका बेलामा प्रतिनिधि सभा विघटन हुनु दुःखद भएको बताउनुभएको छ।

उहाँले भन्नुभयो हाम्रो पार्टी पंक्ति प्रतिनिधि सभा बचाउन चाहन्थ्यो। सरकारको कदमले यसलाई खण्डित गरेको छ। यो दुःखद पक्ष हो,अब हामी देशभरिका नेता-कार्यकर्तासँग छलफल गर्छौं। एउटा निश्कर्षमा पुग्छौं।’