काठमाडौं – जनता समाजवादी पार्टी ९जसपा० नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ। अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले संयुक्त वक्तव्य जारी गर्दै तत्काल प्रतिपक्षमै बस्ने बताएका हुन्।
राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि बढ्ने उनीहरुको भनाई छ।
ुपार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क वितर्क एवं अड्कलबाजीहरु भइरहेका छन्, तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैनु, संयुक्त विज्ञप्तिमा भनिएको छ, ुजनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत रहनेछ।’
हेर्नुस् संयुक्त प्रेस विज्ञप्ति