कृषिजन्य वस्तुको बजारीकरणमा समस्या आउन दिँदैनौं स् कृषिमन्त्री अर्याल

काठमाडौं – कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन्।

गत वर्षको लकडाउनमा किसानहरु प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको लकडाउनमा किसानका कामलाई सहज हुने गरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताइन्। किसानले उत्पादन गरेका कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधिको ओसार–पसार, मासु, अण्डा, दुधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।

अहिले देशका केही स्थानमा कृषि उपजको बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न सातवटै प्रदेशका कृषिमन्त्री र सचिवसँग छलफल गर्न लागिएको मन्त्री अर्यालले बताइन्। यस्तै कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा लकडाउन लम्बिन सक्ने र यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिँदै किसान तथा व्यवसायीलाई सरकारले गर्न सक्ने सहयोगबारे अध्ययनरछलफल गर्न मन्त्रालयले कार्यदल बनाएको अर्र्यालले बताइन्।

यो कार्यदलले लकडाउनले किसालाई पर्न गएको असुविधा र क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिनेबारे पनि सुझाव दिने मन्त्री अर्याको भनाइ छ। उनले कृषि उपजको अनलाइन बजार र कृषि एम्बुलेन्सको अवधारणामा छलफल भइरहेको बताइन्। यस्तै, देशका केही कृषि बजारहरुलाई खुला राख्नेगरी तयारी भइरहेको बताउइन्। कृषि मन्त्रालयले सबै तहका सरकार र सरोकारवालाहरु सँग समन्वय गरेर काम भइरहेको उनको भनाइ छ।