एन्फा नेतृत्वमा आउने बित्तिकै कर्माछिरिङ शेर्पा विवादको घेरामा परे

एन्फा नेतृत्वमा आउने बित्तिकै कर्माछिरिङ शेर्पा विवादको घेरामा परे । रेलिगेशन बिनाको लिग गरेर ।

उनी नेपाली फुटबलमा युगान्तकारी परिवर्तन गर्ने नारा सहित एन्फाको बागडोर सम्हाल्न आएका थिए । तर सुरुमै रेलिगेशन बिनाको लिग गरे । संसारमा कतै हुने फुटबल नेपालमा, धेरैले यस्तै भने ।

एन्फामाथि लिग फुटबलको आत्मा मारेको आरोप लाग्यो । फुटबल बदल्ने नारा सहित फुटबलको सत्तामा पुगेको शेर्पाले पहिलो वर्ष धेरै आरोप र आक्रमण खेपे ।

एन्फाभित्रको विवादले फुटबलका धेरै वार्षिक कार्यक्रम प्रभावित थिए । उमेर समूहको स्कुल फुटबल त्यसमध्यको एक थियो । त्यसअघि कोकाकोला कपको नाममा विद्यालय प्रतियोगिता हुन्थ्यो । नेतृत्वमा आईसकेपछि वार्षिक कार्यक्रम सञ्चालन गर्ने दबाबमा थिए, शेर्पा । उनी विद्यालय फुटबल प्रतियोगिता गर्ने योजना थिए । प्रायोजक भेटिरहेका थिएनन ।

मुख्य प्रायोजक कोकाकोलाले साथ छोडेको थियो । शेर्पा नयाँ प्रायोजक खोजीरहेका थिए । सोही दौरान भेटिए, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी । भेटमा शेर्पाले विद्यालय फुटबलको प्रस्ताव चौधरीसामु राखे । फुटबलको सम्भावना देखाए ।May be an image of 1 person, standing, playing a sport and text that says '砂 Cュ한 -कप PokesUp khukri Khukri खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.comखेलपाटी'

तत्कालिन समय क्रिकेटको चर्चा उत्कर्षमा थियो । फ्रेन्चाईज क्रिकेटले बजार पिटेको थियो । एन्फा अध्यक्ष शेर्पा समेत त्यसबाट लोभिएका थिए । उनी क्रिकेटमा सफल बनेको फ्रेन्चाईज फुटबलमा प्रयोग गर्न चाहन्थे । भेटघाटको अन्त्यमा शेर्पाले फुटबलमा आउन चौधरीलाई आग्रह गरे ।

शेर्पालाई चौधरीले रित्तो हात फर्काएनन् । विद्यालय फुटबलमा ‘क्विक्स’को प्रायोजन दिए । र फ्रेन्चाईज फुटबल आयोजनाको सहमति मागे । शेर्पा र चौधरी मिलेर सन् २०१९ को नयाँ वर्षमा महत्वकांक्षी परियोजनाको नेपाल सुपर लिग ९एनएसएल०को संयुक्त घोषणा गरेका थिए ।

अब खेल्छ नेपाल १ एनएसएलको ‘स्लोगन’ हो यो । तर चौधरीले खेलाउन चाहेको फुटबल कतिलाई चित्त बुझेको भने छैन । अझ ुएु डिभिजन क्लब एनएसएलबाट बढी सशंकित छन् । फ्रेन्चाईज फुटबलले ुएु डिभिजन लिगको अस्तित्व संकटमा पर्ने क्लबको बुझाई छ । पदाधिकारी भन्न त सक्दैनन्, तर कर्पोरेटले गरेको आक्रमक लगानी र प्रचारबाट ए डिभिजन क्लब आत्तिएका छन् । छिमेकी भारतमै भारतीय सुपर लिग ९आईएसएल०ले शीर्ष डिभिजनको आईलिग ओझेलमा पारेको धेरैले देखेका छन् ।

फ्रेन्चाईज फुटबलमा नेपालका कर्पोरेट हाउस लगानी गर्न अघि सरेका छन् । उनीहरुसँग पैसामात्र छैन, समाज र बजार बुझेको चेतना र ज्ञान छ । दक्ष जनशक्ति छन् । लगानीलाई नाफामा परिणत गर्ने दीर्घकालिन योजना छ ।

नेपालका ए डिभिजन लिग खेल्ने क्लबको डर यही छ ।May be an image of 5 people, people playing sports and outdoors

नेपालको फुटबल काठमाडौं उपत्यका केन्द्रित छ । जति क्लब छन्, काठमाडौं वरपरका छन् । घरेलु फुटबलको संरचनालाई लिएर निकै बहश भए । धेरैको गुनासो छ, देश संघीयतामा गएपनि फुटबल बिकेन्द्रिकरण हुन सकेन । राजधानीका अधिकांश क्लब काठमाडौं उपत्यका छाड्न तयार छैनन् । उपत्यका बाहिरका क्लबले शीर्ष डिभिजनको लिग खेल्ने ठोस संरचना एन्फाले बनाउन सकेको छैन । वर्तमान संरचनामा मोफसलका क्लब काठमाडौं छिर्नै नसक्ने अवस्था छ ।

एसियाली फुटबल महासंघ ९एएफसी०ले पछिल्लो समय क्लब लाईसेन्सिङ प्रणाली लागु गरेको छ । क्लबको आफ्नै एकेडेमी, खेल्ने मैदान, युवा खेलाडी विकासको योजना सहितको प्रावधानलाई अनिवार्य गरिएको छ । तर उपत्यकाका अधिकांश क्लबले एएफसी क्लब लाईसेन्सिङका प्रावधान पुरा गर्न सक्ने देखिदैन । दैनिक अभ्यास गर्ने मैदान नभएका ुएु डिभिजन क्लबलाई एकेडेमी सहितको खेल मैदान उपत्यकाभित्र असम्भव प्राय देखिन्छ ।May be an image of 4 people, people standing, outdoors and text that says 'T 3 ehuk खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com Internation eHub खेलपाटी khelpati.com खेलपाटी khelpati. com खेलपाटी khelpati.com KNP'

एन्फाको ‘टालटुले’ लिग र क्लबको ‘लटरपटर’ फुटबलको भत्ता मजाक अब धेरै नचल्ने देखिन्छ । एन्फाले दिने लिगको तयारी खर्चबाट बचत गर्ने धेरै क्लब हामीसँग छन् । केही क्लब छन्, जो वर्षको करोड बढी रकम खर्च गर्छन् । तर ती नगन्य छन् ।

एक हिसाबले अहिलेसम्म नेपाली फुटबल यिनै क्लबले धाने । जसो जसो चल्दै आयो, उस्तै गरे ।

जस्तो बाहुन, उस्तै स्वाहा भने जस्तै ।

यिनै क्लबसँग फुटबलको ईतिहास छ, संस्कृति छ ।

तर आर्दश र ईतिहासले मात्र अब आधुनिक फुटबल अघि बढ्न सक्दैन । क्लबहरु फेरिनै पर्छ । संरचनागत सुधार गर्नैपर्छ । व्यवसायिक हिसाबले सोच्नैपर्छ । चल्नैपर्छ । चन्दाले मात्र सधै चल्दैन ।
टर्रो सुनिएला, तर दर्शकको जोगीबाट पैसा तान्ने ‘स्किम’ क्लबले ल्याउनैपर्छ ।

नत्र अहिले एनएसएल बजारमा ‘हटकेक’ छ । ुएु डिभिजन भर्सेस फ्रेन्चाईज फुटबलको नयाँ बहस सुरु भएको छ ।

भन्न धक मान्नु पदैन, फ्रेन्चाईज फुटबल ए डिभिजन क्लबका लागि ‘थ्रेट’ हो । पुराना क्लब सुध्रने कि सक्किने रु निर्णय उनीहरुकै हातमा छ ।

एनएसएलको अहिले पहिलो सिजन चलिरहेको छ । दुई महिनाको विन्डो यसले पाएको छ । पहिलो संस्करण २२ दिन चल्नेछ ।

पक्का छ, अर्को सिजन एनएसएल ‘होम एण्ड अवे’ हुनेछ । दुई महिना चल्नेछ । पुराना क्लब नसुध्रने हो भने एनएसएलका टिमहरु अब मोफसल छिर्नेछन् । फुटबल खेलमात्र हैन, पैसा पनि हो । उनीहरु मोफसलमा खेल्नेमात्र छैनन्, करोडौ रकम सोर्न सुरु गर्नेछन् ।

सामान्यतया गोल्डकपमा मोफसलका रंगशाला भरिन्छन् । अब फ्रेन्चाईज फुटबलका स्टार खेलाडी पुर्वको विराटनगरदेखि सुदुरपश्चिमको धनगढी रंगशालामा उत्रिदाँ घरेलु दर्शक कति होलान् रु

हामी अहिले सोच्न मात्र सक्छौं ।

घरेलु फुटबल बदलिदो परिवर्तनलाई नेपालका परम्परागत क्लबले बुझ्न जरुरी छ । क्लबहरु एन्फाको तयारी खर्च, सामान्य प्रायोजक र केही लाख चन्दामै आफ्नो भविष्य देखेका छन् । उनीहरुले काठमाडौं बाहिरको फुटबल बजार सधै नजर अन्दाज गरे । सुनको कचौरा थापेर सधै फलामको व्यापार गर्न तल्लिन रहे ।

एनएसएल त्यही बजार ‘क्यास’ गर्न उद्धत देखिन्छ । क्लबले फुटबलमा लगानी त गरे, तर त्यसलाई व्यवसाय बनाउन सकेनन् । एनएसएल त्यही फुटबललाई व्यवसायीकरण बनाउन चाहन्छ । अब ए डिभिजनका क्लब एन्फालाई दबाब दिएर मोफसल छिर्ने कि एनएसएललाई बजार सुम्पिने रु बल क्लबहरुकै कोर्टमा छ ।

सच्चिनु वा सक्किनुको विकल्प अब  डिभिजन क्लबसामु छैन ।

एनएसएल छोटो तयारीमा सुरु भयो । तर यसले बजार हल्लाएको छ । एन्फालाई ए डिभिजन लिगको प्रशारण अधिकार वर्षको ३५ लाखमा बेच्न गाह्रो छ । एनएसएलको पहिलो सिजनकै प्रशारण अधिकार झण्डै करोडमा बिक्री भएको चर्चा छ । यसबाटै अनुमान लगाउन सकिन्छ, फ्रेन्चाईज फुटबल कसरी अघि बढ्न खोज्दैछ ।May be an image of ‎2 people, people playing football, outdoors and ‎text that says '‎Bا IME खेलपाटी khelpati heai.cmीkhelpati.com .com खेलपाटी khelpati.com खेलपाटी ×H×× खेलपाटी khelpati.com खेलपाटी khelpati.com‎'‎‎

कुनैपनि देशमा शीर्ष डिभिजनको दुईटा लिग हुदैन । तर एनएसएललाई एन्फाले कुनै डिभिजन दिएको छैन ।

एनएसएलको आगमनसंगै फ्रेन्चाईज फुटबल भर्सेस ए डिभिजन लिगको बहश सुरु भएको छ । विस्तारै यसमा लडाँई सुरु हुनेछ । यो बहश अझै तात्तिनेछ । अझ मुर्झाउनेछ ।

एकपछि अर्को विवाद निस्कनेछ । तर अबको बहसमा ुएु डिभिजनका क्लबले मोफसल झर्दिन भन्न पाउने छैनन् । लिग खेल्दिन भनेर धम्की दिन पाउने छैनन् । नेतृत्वलाई घुँडा टेकाउन सक्नेछैनन् । किनकी अब काठमाडौं केन्द्रित फुटबलको विकल्प तयार हुँदैछ ।

                                                                                       khelpati