सल्यानका ३ सय ६ बेडको आइसोलेसनमा जम्मा १७ जना

सल्यान- सल्यानका विभिन्न पालिकामा निर्माण गरिएका आइसोलेसन  खाली हुँदै गएका छन्। कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएसँगै आइसोलेसन रित्तिन थालेका हुन। आइसोलेसन कक्ष लुहापिङमा ७, बनगाड कुपिण्डेको आइसोलेसनमा ९ र छत्रेश्‍वरी गाउँपालिकाले बनाएको आइसोलेसनमा १ जनाको उपचार भइरहेको छ। स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार सोमबारसम्म ५ हजार १ सय ३६ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। जसमा ४ हजार ८ सय ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ सय २५ जनाको पोजेटिभ र ३५ जनाको स्वाब परीक्षणमा छ। बन्दाबन्दीको बीचमा भारतलगायत तेस्रो मुलुक र अन्तरजिल्लाबाट झन्डै १३ हजार बढी नागरिक जिल्ला भित्रिएका जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।