कर्णाली प्रदेश प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण पुष्टी

सुर्खेत– कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाहीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । शाहीको सोमबार गरिएको पिसिआर परिक्षणमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । प्रतिपक्ष दलका नेता शाहीलाई दुई दिन अघि गरिएको स्वाव परीक्षणमा कोरोना पुष्टी भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । शाहीलाई कोरोना पुष्टी भएको र उनको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने डा. तिवारीले जनाए । शाही नेपाली कांग्रेसको तर्फबाट गत निर्वाचनमा हुम्ला प्रदेश सभा ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । प्रमुख प्रतिपक्ष दलका नेतामा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ । संसदीय समितिका बिभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए ।