काठमाडौं – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिड र चेल्सीले १–१ गोलको बराबरी खेलेका छन् ।
रियलको घरेलु मैदानमा भएको खेलको १४ औँ मिनेटमा क्रिस्टियन पुलिसिकले चेल्सीलाई अग्रता दिलाएका थिए ।
करिम बेन्जामाले घरेलु टोलीबाट २९ मिनेटमा बराबरी गोल फर्काए । दुई टोलीबीचको लेग खेल आगामी साता लण्डनस्थित चेल्सीको घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा हुनेछ ।
च्याम्पियन्स लिग आज दोस्रो सेमफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्माऊनबीच प्रतिस्पर्धा हुनेछ ।